राप्ती मोडर्नमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाँचदिने कार्यशाला

  २ घण्टा अगाडि

२० जेठ, दाङ-राप्ती मोडर्न एकेडेमी, घोराही-१६ सर्रा दाङको आयोजनामा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने विशेष तालिम तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती इन्जिनियरिङ कलेजको सभाहलमा गरिएको कार्यक्रमको पहिलो र दोस्रो दिन शिक्षकहरुलाई ‘नवीन शिक्षण अभ्यासमार्फत समग्र विद्यालय विकास’ तथा ‘परीक्षामुक्त मूल्याङ्कन: समेटिभबाट फर्मेटिभ मूल्याङ्कनतर्फ रूपान्तरण’ (‘Whole School Development through Innovative Pedagogical Practices’ and Exam Free Assessment: Transformation from Summative to Formative.) विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।

यस्तै तेस्रो दिन विद्यार्थीहरुलाई ‘आफ्नो पहिचान र आत्मबोध’ (Workshop On Knowing About Myself) सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको हो ।

यस्तै चौथो दिन कार्यशाला र क्रियाकलापमा आधारित पूर्वप्राथमिक पाठ्यक्रम साझेदारी कार्यक्रम समेत सञ्चालन गरिएको थियो भने अन्तिम दिन अभिभावकहरुलाई सफल छोराछोरीहरु सफल बनाउन अभिभावकको कला र भुमिका (Art of Parenting for Making Successful Children) कोबारेमा अभिमुखिकरण गरिएको हो ।

तालिममा शिक्षा क्षेत्रका अनुभवी प्रशिक्षकहरू ढुण्डीराज गिरी, प्रिन्सिपल डा. शैलेन्द्र गिरी र डा. प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षकहरूले आधुनिक शिक्षण विधि, विद्यार्थी केन्द्रित सिकाइ, व्यवहारिक मूल्याङ्कन प्रणाली तथा प्रारम्भिक बालशिक्षामा गतिविधिमूलक शिक्षणको महत्वबारे प्रशिक्षण गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले तालिमबाट विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ वातावरण निर्माण, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा व्यवहारिक मूल्याङ्कन प्रणाली लागू गर्न महत्वपूर्ण ज्ञान र सीप प्राप्त भएको बताएका छन् ।

विद्यालयले यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता विकासका साथै विद्यालय शिक्षामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै विद्यालयले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधारका लागि यस्ता नविन र प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।।

तपाईंको प्रतिक्रिया

थप खबर