साउन दहखोला, प्युठान । उन्नाइस सय नब्बे भन्दा अगाडि जिल्लाकै ऎतिहासिक तथा पुरातात्त्विक हिसाबले २०० वर्ष पुरानो मानिएको नवनिर्मित शिद्ध मन्दिरमा स्थानीय गिरीबन्धुहरुको सहभागितामा पवित्रताको लागि आहुति दिने कार्य सम्पन्न गरिएको छ । शनिवार झिमरुक गाउँपालिका वडा नम्बर ६, दहखोला स्थित नवनिर्मित शिद्ध मन्दिरमा पवित्रताको लागि आहुति दिएको हो। आहुति दिने क्रम्मा मन्दिरलाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणलबाट एक महत्वपूर्ण केन्द्रको रुपमा स्थापित गर्न नौमतिबाजा बजाएर हर्षउल्लास समेत गरिएको थियो ।
पुरानो मन्दिर भत्काएर नयाँ मन्दिर बनाए पछि सो मन्दिरको परिसरलाई पवित्र बनाउनु, देवताहरुलाई आव्हान गर्नु र मन्दिरलाई धार्मिक क्रियाकलापहरुको लागि तयार गर्नको लागि आहुति पूजा गरिएको मन्दिर संरक्षण समाजका अध्यक्ष पदम गिरीले बताउनु भयो । आहुतिले धार्मिक स्थलको शुद्धीकरण गर्दछ र देवता वा देवीहरुको कृपा प्राप्त गर्ने उद्देश्यले विशेष पूजा अर्चना गरिन्छ । यसले नयाँ संरचनाको सकारात्मक उर्जा र शुभचिन्ताको संकेत गर्दछ, जसले समुदायलाई एकताक र सामूहिक एकता र सामूहिकताको भावना प्रकट गर्ने कुरा पुजारी शोभा गिरीले बताउनु भयो ।
छिमेकी गाँउघर सहित सयौं भक्तजनहरुको उपस्थितिमा गरिएको आहुति पूजा मा दुई पण्डितले विधि पूर्वक रुद्री पूजा, मन्त्र जप , हवन, प्राण प्रतिष्ठा , पत्रित्र स्नान र आरती पूजा गरिएको थियो। मन्दिरमा विधि अनुसार पूजा गर्ने कार्य सकिएपछि मन्दिरमा आमन्त्रित पाहुना,लगायत भक्तजनहरुलाई टीका, प्रसाद ग्रहण गराइएको थियो ।
स्थानीय सन्यासीहरुले प्रत्येक वर्ष नयाँ बाली भित्र्उँदा मन्दिरमा न्वाइँ चढाएर मात्र खाने गर्दछन् । यो चलन अहिलेसम्म पनि कायमै रहेको छ । शिद्ध मन्दिरमा तिहारे पञ्चमी र नाग पञ्चमीमा विशेष पूजाआजा गरि भव्य रुपमा मनाउने गरिन्छ । ्
मन्दिर सँगै नजिकै सभा हल सहित स्टोर र भोजनालय निर्माण गरिएको छ । मन्दिर निर्माणको लागि झिमरुक गाउँपालिका, प्रदेश सरकार पर्यटन विभाग लगायत स्थानीय गिरीबन्धुहरुको तथा दिदी बहिनी शुभचिन्तकहरुबाटआर्थिक संकलन र सहयोगबाट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो ।
नयाँ मन्दिर निर्माणको लागि आर्थिक सहायतको लागि प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वयन गरी बजेट व्यवस्थापन र त्यसको नेतृत्वकर्ताको रुपमा स्थानीय , नेपाल सरकार पूर्व स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम निर्देशक एवं राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङ का संचालक समितिका डा.शैलेन्द्र गिरीले गर्नु भएको थियो भने मन्दिर निर्माण हुनु पूर्व त्यसको दर्ता, मन्दिरको डिजाइन र डिपीआरको कार्य स्थानीय , लायन्स क्लव इन्टरनेशल डिस्ष्टिक ३२५ एन एरिया नं २ का वर्ष २०२३ /२०२४ का एरिया चिफ एवं राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको सहयोगमा भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्युठान नगरपालिका संस्थापक मेयर अर्जुन कक्षपति, पूर्व जिल्ला समन्वयनका सदस्य दिलिप वि.क. प्यूठान न.पा. वडा नं ४ र १० का वडा अध्यक्ष सुमन राज श्रेष्ठ, विकास के.सी, वडा नं १० का निवर्तमान अध्यक्ष एवं बालविद्या माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेयरसिंह के.सी.,प्र.अ.केशु गिरी, शिक्षक पदम पौडयल, क्यान महासंघ नेपालका पूर्व केन्दिय उपाध्क्षय एवं राप्ती इञ्जिनियरि कलेजका प्रिन्सिपल रेशम गिरी पूर्व शिक्षक भोजु गिरी प्रेस चौतारी नेपाल प्युठानका जिल्ला अध्यक्ष बासुदेव गिरी, जन्ता माध्यामिक विद्यालयका शिक्षक अर्जुन गिरी, झिमरुक, गाउँपालिका वडा नं ६ का वडा सदस्य मित्रु गिरी, हेमराज भटराई, लायन्स क्लव भित्रिकोट प्युठानका वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर के.सी.जानकी मा.वि.का नि.वर्तमान प्र.अ.बामदेव प्रोखेल लगायत इष्टमित्र पाहुना ,चेलीबेटीहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको मन्दिर संरक्षण समाजका सचिव पूर्णलाल गिरीले बताउनु भयो। मन्दिर आहुति दिने कार्य सकिएपछि भक्तजनहरुले नौमतिबाजा, भजनकृत सहित दहखोला नदीमा फुलपाती सेलाए समापन गरेका थिए ।






