टेनिस खेलाडी होल्गर रुनले पेरिस ओलम्पिक(२०२४ गुमाउने

  श्रावण १०, २०८१

काठमाडौं । टेनिस खेलाडी होल्गर रुनले पेरिस ओलम्पिक २०२४ गुमाउने भएका छन् । रुनले नाडीको चोटका कारण ओलम्पिक गुमाउने भएका हुन् । विश्व वरियताको १६औँ स्थानमा रहेका २१ वर्षीया रुन ओलम्पिकमा डेब्यु गर्ने तयारीमा थिए ।

रुनले आफु ओलम्पिकमा डेब्यूका लागि उत्सुक रहे पनि चोटका कारण प्रतियोगिता गुमाउँनु परेकोमा दुस्ख लागेको बताए । रुनले हालै जर्मनीको हमबर्ग ओपनमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलका दौरान चोट लागेपछि उनले कोर्ट छोड्नु परेको थियो । फ्रान्सका आर्थर फिल्सविरुद्धको उक्त खेल ६(४, ४(१ को अवस्थामा थियो । पछि फिल्सले हमबर्ग ओपनको उपाधि जितेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर