पोखरा विश्वविद्यालयबाट स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आब्हान

  श्रावण ०, २०८१

साउन ९, पोखरा । पोखरा विश्वविद्यालयले आंगिक स्कुल, संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्नातक तहका कार्यक्रमहरुमा छात्रवृत्तिको लागि दरखास्त आब्हान गरेको छ ।

बुधबार स्नातक तह छात्रवृत्ति छनोट समिति, २०८१ ले प्रथम पटक प्रकाशित सुचनामा स्नातक तह छात्रवृत्ति सम्बन्धी पोखरा विश्वविद्यालयको छात्रवृत्ति सम्बन्धि नियमावली, २०६५ अनुसार उम्मेदवार छनोट गर्नुपर्ने भएकाले न्यूनत्तम योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरेको छ ।
पोखरा विश्वविद्यालय छात्रवृत्ति पोर्टलबाट अनलाइन फर्म भर्न सकिनेछ । साउन ९ गते देखि बुधबार देखि साउन ३० गते बुधबार राती १२ बजेसम्म अनलाइन फर्म भर्न सकिने विश्वविद्यालयले जनाएको छ ।
छात्रवृत्तिका लागि परीक्षा २०८१ भाद्र ७ गते विज्ञान तथा प्रविधि संकाय समूह (क) को बिहान ८ बजेदेखि ११ बजेसम्म र विज्ञान तथा प्रविधि संकाय समूह (ख) को दिउँसो २ बजेदेखि ५ बजेसम्म र व्यवस्थापन संकायको मिति २०८१ साउन ८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म र मानविकी तथा सामाजिकशास्त्र संकायको दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ । सबै परीक्षाहरुको परीक्षा केन्द्र पोखरा विश्विद्यालयको प्राज्ञिक कम्प्लेक्स, पोखरा ३० ढुङेपाटन, कास्कीमा कायम गरिएको छ । छात्रवृत्ति सम्बन्धि कार्यक्रमको विस्तृत जानकारकिो लागि पोखरा विश्विद्यालयको Website:www.pu.edu.np र Scholarship Portal https://scholarship.pu.edu.np

मा हेर्न सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर