मौरितानियामा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गयो

  श्रावण १०, २०८१

मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले मौरितानियामा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गयोएक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको छ ।

आईओएमका अनुसार झन्डै तीन सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका थिए र जुलाई २२ मा डुङ्गा पल्टिनुअघि सात दिन समुद्रमा बिताएका थिए । तटरक्षक पुग्नुअघि १५ जनाको ज्यान गएको थियो भने १० जनाला
ई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा सबैको ज्यान गएको छ । यस्तै घटना जुलाई ५ तारिखमा पनि भएको थियो जसमा मौरितानियाली तटरक्षकले ८९ जना आप्रवासीको शवलाई पल्टिएको डुङ्गाबाट बरामद गरेका थिए ।

धेरै आप्रवासी मोरक्कोको तटबाट क्यानरी टापुहरूमा पुग्न खोज्छन् । पश्चिम अफ्रिकाबाट स्पेनसम्मको यो मार्ग संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक हो ।

तपाईंको प्रतिक्रिया

थप खबर