राप्ती इन्जिनियरिङ कलेजका नयाँ विद्यार्थीलाई स्वागत, सम्मान एवं विदाई

  पुष २५, २०८१

मंसिर, घोराही – दाङको घोराही १६ सानीअम्बापुरमा रहेको राप्ती इन्जिनिरिङ कलेजका नयाँ विद्यार्थीलाई स्वागत, सम्मान एवं विदाई गरिएको छ ।
आज कलेजले १७ औँ ब्याचमा भर्ना भएका डिप्लोमा तहका नयाँ विद्यार्थीलाई स्वागत एवं १४ औं ब्याचमा अध्ययन पुरा गरेको विद्यार्थीलाई विदाई गरेको हो ।

पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी मदन जिसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कलेका कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीले विश्वबजारमा बढेको सुचना प्रविधि, इन्जिनियरिड। र व्यवस्थापन सम्बन्धी रोजगारीको मागलाई मध्यनगर गर्दै कलेजले आफ्नो शिक्षण गतिविधि अगाडि बढाएको बताउनुभयो । उहांँले नायँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै विदाई हुने विद्यार्थीलाई आफूले प्राप्त गरेको शिक्षालाई सहि प्रयोग गरेर कलेज र आफ्नो गरिमा बचाई राख्न सुझाव दिनुभएको थियो ।

यस्तै कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले प्रविधिसँग सम्बन्धित रोजगार मुलक जीवनोपयोगी र समाजोपयोगी खोज अनुसन्धानलाई विशेष ध्यानमा राख्दै कलेजले शैक्षिक गतिविधि अगाडि बढाएको बताउनुभयो । विद्यार्थीहरुलाई प्राविधिक ज्ञानका साथ र्सिजनात्मक क्षमताको विकास गराउँदै सीपको अभिवृद्धिमा जोड दिएको उहाँ भनाई छ । कजलेबाट उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत रोजगारीको अवसर प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा कलेजमा डिप्लोमा तहमा अध्ययनरत प्रेम प्रकाश दाहाल र श्रीजना सुवेदीले आफ्नो तीन वर्षे अनुभव प्रस्तुत गरेका थिए । कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत एवं शुभकामना मन्तव्यबाट सुर भएको कार्यक्रमको सहजिरण विद्यार्थी राज कुमार वलीले गर्नुभएको थियो

तपाईंको प्रतिक्रिया

थप खबर