जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्र (MOU)मा हस्ताक्षर

  कार्तिक २१, २०८०

जापान २० कार्तिक  ।

जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर भएको छ ।

जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदान प्रदान, सांस्कृतिक आदान प्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडी बढाउने गरी समझदारी पत्र (Memorandum of Understanding -MOU) मा हस्ताक्षर सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच २०८० कार्तिक २० गते जापानको टोकियोमा आयोजित जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद माननीय तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सिपल श्री विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर