तुलसीपुरका रमेश मल्ल र घोराहीका सरोज शाहसहित ११ जना काँग्रेस जिल्ला कार्यसमितिमा मनोनित

  फागुन २५, २०७८

तुलसीपुर, फागुन २५ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले पूर्णता पाएको छ । जिल्ला सभापति शंकरप्रशाद डाँगीले बुधवार ११ जनालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेका छन् ।

१४औं महाधिबेशन मार्फत ५२ जना निर्वाचित भएका थिए । फागुन २५ गते थप ११ जनालाई जिल्ला कार्य समिति सदस्य पदमा मनोनित गरिएपछि जिल्ला कार्यसमितिको कुल संख्या ६३ सदस्यीय पुगेको छ ।

सभापति डाँगीले साविक क्षेत्र नं. ४ का नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष तथा तुलसीपुर ११ बेलटाकुरा निवासी रमेश मल्ल, तुलसीपुर १२ का मदन ओली र दंगीशरण गाउँपालिका वडा नं. ५ की निमा चौधरी गरि तीन जना जिल्ला कार्यसमितिमा मनोतिन गरेका छन् ।

 

त्यस्तै घोराही – ७ का सरोज शाह, घोराही – ६ का रेखबहादुर ओली, घोराही – १७ का किरण रेग्मी र प्रदिप मजगैंया मनोनित गरिएका छन् ।
सरोज शाह विपी कोईराला युवा नेतृत्व विकाश मञ्चका जिल्ला अध्यक्ष हुन ।

त्यस्तै राजपुर गाउँपालिका– ६ का पुरण चौधरी, गढवा गाउँपालिका – ६ का टिपुर यादब, लमही नगरपालिका – ६ का शेषमणी गौतम र राप्ती गाउँपालिका – १ का लाल महोमद मियाँ जिल्ला कार्यसमिति ससदस्यमा मनोनित गरिएका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर