६ असार, घोराही – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रामा रहेको राप्ती मोर्डन एकेडेमीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अभिभावकहरुलाई असल अभिभावक र शिक्षाका विभिन्न आयामहरुका बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यालयमा प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक देशराज दाहाल (डिआर) दाहालले विद्यार्थीको समग्र विकसका लागि अभिभावकको भूमिका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । बालकलाई भविश्यको कर्णधार बनाउँन विद्यालय र अभिभावकको अहम भूमिका रहने बताउनुभयो । सानै कक्षा देखि ज्ञान र सीपलाई बालबालिकाले व्यावहारमा बदल्न सकेमा मात्र भोलिका दिनमा विद्यार्थीले राम्रो कर्म गर्न र प्रतिफल निकाल्न सफल हुने उहाँको भनाई थियो ।
प्रबन्ध निर्देशक डा. गिरीले विद्यालयले गरेका गतिविधि र विद्यार्थीले गरेका समग्र प्रगतिको बारेमा अभिभावकलाई जानकारी गराउनुभएको थियो । यस्तै, उहाँले विद्यालयमा नियमित रुपमा सम्पर्क राखी आफ्ना बालबालीकाले के कसरी पढी रहेकाछन, सिकी रहेका छन भन्ने बारेमा हरेक अभिभावकले ध्यान पुर्याउँन आग्रह गर्नुभएको हो । राप्ती इन्जिनियरिङ कलेजको सभा हलमा भएको कार्यक्रममा दुई सय बढि अभिभावको सहभागिता रहेको थियो ।
वि.सं २०५३ सालमा स्थापना भई कक्षा १० सम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयले यस शैक्षिक सत्रदेखि कक्षा ११ मा पनि नयाँ भर्ना खुल्ला गरेको छ । भरखरै प्लस टु को अनुमति पाएको विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय पढाई हुने छ ।