जेठ, घोराही ।
नेपाल बुद्धिजीवी संगठन दाङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनले डा. भीमसेन गिरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले माओवादी पार्टीले देशमा परिवर्तनका लागि खेलेको भूमिकाको चर्चा गर्दै बुद्धिजीवी संगठनले समाजको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी र समाजबिच पुलको भूमिका निर्वाह गर्दै संगठनले प्रभावकारी योगदान दिने अपेक्षा पनि व्यक्त गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बुद्धिजीवी संगठनलाई समाज परिवर्तनको एक विश्वासिलो संयन्त्रको रूपमा उल्लेख गर्दै सामाजिक रूपान्तरणमा अझ सशक्त भूमिका खेल्न आग्रह गर्नुभयो ।
त्यसैगरी, केन्द्रीय सदस्य हेमराज शर्मा ’डायमण्ड’ ले बुद्धिजीवीले समाजले अनुसरण गर्नसक्ने मार्गदर्शन प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।
डा। गिरी अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्षमा बाबुराम अधिकारी, भरत पोख्रेल, कमला श्रेष्ठ रहनुभएको छ । यस्तै सचिवमा केशरमान बुढाथोकी, सहसचिवमा देवेन्द्र शर्मा र कोषाध्यक्षमा तारा भुसाल रहनुभएको भने सहसचिवमा अन्य एक जना पछि थप गरिने छ ।
यस्तै, सदस्यहरूमा ओमप्रकाश ज्ञवाली, दोर्ण खड्का, शालिकराम ओली, हुमबहादुर खड्का, माधव चौधरी, लोककुमार श्रेष्ठ, देवप्रकाश घर्ती, नारायण पौडेल, बामदेव सापकोटा, सन्तोष गिरी, मोहन नेपाली, विजय जीएम, तिलकराम शर्मा, साधना शर्मा, बालिका तिवारी, जनमत चौधरी लगायतका रहनुभएको छ । कार्यक्रममा बुद्धिजीवी, सामाजिक अभियन्ता, राजनीतिक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।