९ जेठ, घोराही- दाङको घोराही १६ सानीअम्बापुरमा रहेको राप्ती इञ्जिनियरिङ कलेजले पहिलो पटक ह्याकाथन कार्यक्रम सम्पन्न गरेको छ । प्रविधिमा रुचि राख्ने युवा प्रतिभाहरूलाई एकै थलोमा ल्याई नयाँ र नवप्रवर्तनात्मक समाधानहरू विकास गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको अध्यक्षता एवं राष्ट्रिय परीक्षा बोर्ड शाखा घोराहीका प्रमुख कमल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजमा अध्ययनरत बिबिए, बिसिए, बिई कम्प्युटर, बिई सिभिल र डिप्लोमा तर्फ कम्प्युटर ईन्जिनियरिङका विद्यार्थीहरुको १२ वटा समुह सहभागी भएका थिए । प्रतिस्पर्धामा सहभागी समुहहरूले शिक्षा, स्वास्थ्य, कृषि, वातावरणर, रोजगार सम्बन्धीका चुनौतीहरूलाई प्रविधिको प्रयोगबाट समाधानका लागि आ–आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।
निर्णायक मण्डलमा रहनुभएका इञ्जिनियरहरु मालती दसौदी, बिप्लभ आचार्य, प्रतिक महरा र शर्मिला दहितले प्रस्तुत परियोजनाहरूको नवप्रवर्तनशीलता, व्यवहारिकता तथा प्रविधि प्रयोगका आधारमा मूल्याङ्कन गरी विजेता टोलीहरूको घोषणा गर्नुभएको थियो । जसमा फ्याक्ट सिकर समुहका सुमित रोका मगर र नगेन्द्र महतारा प्रमथ भएका छन् ।
यस्तै, टेक प्वएनपी समुहबाट सहभागी सुजन चौधरी, प्रशान्त गौतम र सवित चौधरी द्वितीय र टिआरपी सपार्कस् समुहका रिया केसी, पवित्रा गीरी र तारा बन्जाडे तृतीय भएका हुन् । वितेजा समुहलाई नगरसहित प्रमाणपत्र प्रदान गरिएका हो । आईटी अफ क्लब राप्ती ईन्जिनियरिङको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी अर्यालले युवा प्रतिभाहरूको सिर्जनात्मक क्षमता र प्रविधिमा गरेको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले देशमा नवप्रवर्तनको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, क्यान महासंघ लुम्बिनी प्रदेशका सहसचिव कर्ण बहादुर पुनले सुचना र प्रविधीको क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ प्रविधि सिक्न, नेटवर्किङ गर्न र व्यवसायिक अवसर पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै क्यान महासंघ दाङका अध्यक्ष धर्म बहादुर केसीले विश्वबजारमा बढेको सुचना प्रविधि, इन्जिनियरिड. र व्यवस्थापन सम्बन्धी रोजगारीको मागलाई मध्यनगर गर्दै यस कलेजले आफ्नो शिक्षण गतिविधि अगाडि बढाई रहेको देख्दा खुसी लागेको बताउनुभयो । सिकाईको क्रममा कलेजले आयोजना गर्ने यस्ता गतिविधीले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुगेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका प्रिन्सिपल रेशम गीरीले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व एवं नेतृत्व विकासका लागि कलेजले प्रविधिसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रमको सहजिकरण कलेजका प्रशासन प्रमुख धनेश्वर चौधरीले गर्नुभएको थियो ।