काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार पाँच सय ९३ विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार सात सय ३१ जना रहेका छन् । त्यसैगरी क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । बंगलादेशमा भने चार सय ४८ जनाले अनुमतिपत्र लिएका छन् ।
विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेमध्ये सबैभन्दा बढी जापानी भाषा अध्ययनका लागि ३३ हजार ६७९ जनाले अनुमतिपत्र लिएका छन् । विभिन्न देशमा व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार आठ ९१, बिजनेस अध्ययनका लागि १० हजार २९, स्वास्थ्य शिक्षामा चार हजार १५९, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, हस्पिटियालिटीमा २५ सय ४३, कम्प्युटर साइन्समा चार हजार नौ सय ९२ अनुमतिपत्र लिएका छन् ।https://kantipurtv.com





