शिक्षा मन्त्रालयले ल्यायो विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट

  असार १, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । ‘करिअर काउन्सिलिङ’ वेबसाइटमार्फत विद्यार्थीको रुचि अनुसारको विभिन्न क्षेत्रको जानकारी दिने मन्त्रालय स्रोतले जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ ।

ुशिक्षा मन्त्रालयको मुख्य लक्षित वर्ग विद्यार्थी हुन्,ु शिक्षा मन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ुविद्यार्थीलाई कक्षादेखि लक्ष्यसम्म पुग्ने बाटो देखाउनु हाम्रो दायित्व हो । हामीले ुकरियरका कुराु भनेर संवाद सुरु गर्‍यौं । ‘करियर काउन्सेलिङ’का लागि विशेष वेबसाइट पनि सार्वजनिक गरेका छौँ ।ु

मन्त्रालयका अनुसार छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने बताइएको छ। https://kantipurtv.com/

तपाईंको प्रतिक्रिया

थप खबर