प्रभावकारी शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  बैशाख २१, २०८१

९, घोराही । राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा प्रभावकारी शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले गुणस्तरिय शिक्षण सिकाईमा प्राध्यापकहरुको भूमिको बारेमा प्रशिक्षण दिनुभएको थियो । डा. गिरीले सिकाइ अनुभव र अभ्यासमा आधारित हुन्छ । अभ्यास विनाको सिकाइ प्रभावकारी मानिदैन भन्नुभयो । प्राध्यापकहरुले सिकाइका विभिन्न शैलीहरु प्रयोग गरी अध्यापन गराउनु पर्ने कुरामा जोड दिनु भयो । सिकाइ विद्यार्थी केन्द्रित रहि अनुसन्धानमुलक सिकाई प्रति अग्रसर हुन सबै प्राध्यापकहरुलाई आग्रह गर्नु भएको थियो । सिकाई प्रक्रियामा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउन सके मात्र लक्ष्य प्राप्त गर्न सकिने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रेशम गिरीले सिकाई निरन्तर रुपमा चल्ने प्रक्रिया भएकोले प्राध्यापकहरुलाई पनि निरन्तरता दिन आग्रह दिनु भएको थियो । गिरीले विद्यार्थीहरुको सामुहिक अन्तरक्रियाको माध्यमबाट शिक्षण सिकाईलाई आगडि लैजानु पर्नेमा जोड दिनुभएको थियो । गिरीले प्राध्यापकहरुले एजुकेशन डेलिभरीसिटमा राखिएको डकुमेन्ट सबैले अनिवार्य रुपमा भर्नु पर्ने बताउनुपर्ने भएको थियो । उहाँले कक्षा कोठामा विद्यार्थीहरुको बसाईलाई पनि व्यवस्थित गर्न सबैलाई सुझाव दिनुभएको थियो ।
यसै गरी कार्यक्रममा कलेजका एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई. विआर जोशीले स्पिङ २०२४ को शैक्षिक क्यालेण्डर, विगतको कलेजको रिजल्टको समिक्षा, ई. प्रोज्वल आचार्यले प्रभावकारी शिक्षण सिकाई, ई उमेश अधिकारीले वैदेशिक शैक्षिक प्राणाली र विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले विद्यार्थीहरुलाई प्रदान गरिने नोट, अध्ययन सामाग्रीलाई गुगल ड्रइभ, गुगल ग्रुपमा कसरी राख्ने भन्ने विषयमा प्रस्तुतिकरण दिनु भएको थियो ।
उक्त कार्यक्रममा डा. खेमराज मल्ल, ई राजाराम चौधरीले आफ्नो अध्यापन अनुभवको आधारमा प्रभावकारी शिक्षण सिकाईलाई व्यवस्थित र उत्कृष्ट बनाउनमा विद्यार्थी र प्राध्यापक लाग्न सके मात्र उद्देश्य प्राप्त गर्न सकिने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा विई कम्प्युटर, विई सिभिल र विसिए कार्यक्रममा अध्ययरत अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको सहभागी रहेको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर