राप्ती इन्जिनियरिङमा विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम

  बैशाख १२, २०८१

घोराही १२, दाड. । राप्ती इन्जिनियरिङ कलेजमा व्याचलर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुले के सिक्ने, किन सिक्ने, कसरी सिक्ने, शिक्षण प्रक्रियामा कसरी जिम्मेवार बन्ने, सिकाईका बाधाहरु, शिक्षण सिकाई प्रक्रियामा प्रभाव पर्ने तत्वहरुबारेमा प्रशिक्षण दिनु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले नयाँ तरिकाले अध्ययन शैलीलाई परिवर्तन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र उत्कृष्ट रिजल्ट प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो ।
विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले शिक्षण सिकाई प्रक्रियामा आईसिटीको भुमिका, शिक्षामा आईसिटीको महत्व, पराम्परागत शिक्षण सिकाई र आईसिटीमूलक शिक्षण शिकाईमा भिन्नता, शिक्षण सिकाईमा विद्यार्थीहरुको भूमिका, सिकाई प्रक्रियामा प्रयोग गर्न सकिने एआई तुलहरु बारेमा प्रशिक्षण दिनु भएको थियो ।
यसै गरी एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशीले स्पिङ सेमेष्टर २०२४ को बार्षिक कार्यतालिका पहिलो आन्तरिक परीक्षा, पाठ्यक्रमले निर्धारण गरेका फिल्ड भिजिट, अवलोकन भ्रमण, रिजल्ट प्रकाशन, सेमेष्टर अन्तिम परीक्षा, कक्षा चल्ने दिनहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
बिई सिभिल विई कम्प्युटर र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर