स्ट्रेस फ्रि लाइफ एण्ड फरफेक्ट रिलेसनसिप विषयक तालिम सम्पन्न ।

  बैशाख ०८, २०८१

७ वैशाख घोराही । राप्ती इन्जिनियङ कलेज र ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय समन्वयमा स्ट्रेस फ्रि लाइफ एण्ड फरफेक्ट रिलेसनसिप कार्यक्रम कलेजका व्यवस्थापन समिति अध्यक्ष डा. भीमसेन गिरीको अध्यक्षता एवं ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजस्थानका प्रमुख रमेश आनन्द वानीको प्रमुख अतिथिमा तालिम सम्पन्न भयो ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजस्थानका प्रमुख रमेश आनन्द वानीले स्ट्रेस फ्रि लाइफ एण्ड फरफेक्ट रिलेसनसिप विषयमा प्रशिक्षण दिने क्रममा स्ट्रेस फ्रि लाइफ अन्तर्गत आँखा, कान, नाक र हातको प्रयोगात्मक शैलीमा मोबाइल फोनको उदाहरण दिँदै उहाँले विभिन्न किसिमको कार्यहरु सम्पन्न गर्ने क्रममा व्यक्ति स्ट्रेस रहित भएको खण्डमा सजिलैसंग गर्ने बताउनुभयो । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयले शिक्षासँग सम्बन्धित बिभिन्न किसिमका तालिम, सेमिनार, गोष्ठी, मार्फात व्यक्तिको व्यक्तित्व विकासलाई विशेष ध्यानमा राखी कार्यहरू गर्दै आउनु भएको बताउनु भएको थियो । म र मेरो परिवार आराम जिन्दगी जिउनको लागि वानीले शान्ति, सुख, ज्ञान, शक्ति, प्रेम र पवित्रता आराम अन्तर्गत पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय क्षेत्रीय सचिव शिवलाल महतराले व्यक्ति चेतनशिल प्राणी भएकोले व्यक्ति अनुसार फरक फरक किसिमले आफ्नो धारणा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयले गर्दै आएको शिक्षासंग सम्बन्धित कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । डा. गिरीले योग ज्ञानको साथसाथै इञ्जिनियरिङ शिक्षामा पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो ।
राप्ती इन्जिनियरिङ कलेजका निर्देशक मधुसूदन वैद्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजीकरण विश्व बन्धु थापाले गर्नु भएको थियो । कार्यक्रमका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर