‘प्रस्तावित शिक्षा विधेयक संशोधन हुन्छ’ प्याव्सन उपाध्यक्ष श्रेष्ठ

  फागुन १०, २०८०

दाङ, ९ फागुन । सरकारद्वारा प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष आशिष श्रेष्ठले बताउनुभएको छ । प्याब्सन दाङको आयोजनामा बुधबार घोराहीमा भएको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सरकारले लागु गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन भएर आउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । श्रेष्ठले भन्नुभयो ।‘राष्ट्रको शैक्षिक उन्नयनमा निजी विद्यालयहरूले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । शैक्षिक गुणस्तरका लागि निजी विद्यालयले गरेको योगदान दृष्टान्त योग्य रहेको छ । निजी विद्यालयको योगदानलाई राज्यले अवमूल्यन गर्न मिल्दैन ।’ प्याब्सन दाङले आयोजनामा ‘सेल्फ मोटिभेसन ः इन्सपायर योरसेल्फ’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले नीजि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुपर्ने बताउनुभयो । उहाँले नीजि क्षेत्रलाई उपेक्षागर्न नमिल्ने बताउनुभयो । कार्यक्रममा आचार्यश्री महेन्द्र वशिष्ठ र आचार्य विवेक विनयले नेतृत्व विकास, नेतृत्व, मोटिभेसन, उत्प्रेरणा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सचिव यादव गिरी, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल र शैक्षिक सरोकार पक्षको सहभागिता रहेको थियो । अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव आदिम केसीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर