लिटिल एन्जल बोर्डिङको २७ औं वार्षिेकोत्सव

  माघ २५, २०८०

घोराही माघ २५ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा क्षेत्रको अगुवाई बिना समृद्धि आउन नसक्ने बताउँदै समृद्ध घोराहीका लागि दक्ष जनशक्ति आवश्यक रहेको र यसका लागि अब नगरमा बुक फ्रिडे कार्यक्रम लागु गरिने बताउनु भएको छ ।

घोराही–१८ बालुवाटारस्थित लिटिल एन्जल बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर चौधरीले विद्यार्थीमा रहेको क्षमता विकास गर्न बुक फ्रिडे कार्यक्रम अनिवार्य भएको बताउँदै यो कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा संलग्न संस्थाहरुले साथस हयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख चौधरीले सिपयुक्त, व्यवहारिक, जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । व्यवहारिक शिक्षामा जोड दिँदै चौधरीले शिक्षा क्षेत्रको विकासका लागि परेका निजी र सामुदायिक दुबै विद्यालयहरुलाई संगसँगै अगाडी बढ्नका लागि विशेष कार्यक्रम बनाइने धारणा राख्नुभयो । विद्यालयहरुको क्षमता अभिवृद्धिका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानमा पनि जोड दिन आवश्यक रहेको बताउँदै नगरप्रमुख चौधरीले खेल क्षेत्र, सांकृतिक क्षेत्र, विभिन्न आविष्कारहरु, सिपयुक्त जनशिक्त उत्पादनमा अबको शिक्षाले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले समृद्धि र विकासको आधार शिक्षा भएकाले शिक्षा क्षेत्रलाई वहुआयामिक तवरले अगाडी बढाउनुपर्ने बताउनुभयो । प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजय जिएमले प्याव्सन मातहतका सबै विद्यालयहरुलाई समय सापेक्ष ढंगबाट अगाडी बढाउन खोजि रहेको बताउनुभयो ।

नगर प्याव्सनका अध्यक्ष बिरेन्द्र चन्दले अभिभावकहरुको चाहना अनुसार निजि विद्यालयहरुको पठनपाठन र अन्य सबै क्रियाक्लापहरुलाई प्याव्सनले अगाडी बढाउन खोजि रहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णचन्द्र गिरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सीपल यादव गिरी र भ्वाइस प्रिन्सीपल विमल रोकाले विद्यालयको गतिविधि र स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु सपना बस्नेत र ओम बिएमले गर्नुभएको थियो । सो अबसरमा विद्यार्थीहरुले गीत, नृत्य, ¥याम्प मा सहभागि भएका थिए । यसैगरी विद्यार्थीहरुले निर्माण गरेको विभिन्न निर्माणको प्रयोगशालालाई अभिभावक, अतिथि, सञ्चारकर्मी सबैले निरीक्षण समेत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर