थप ३ महिनाका लागि त्रिविको निमित्त उपकुलपतिमा शिवलाल भुसाल नै नियुक्त

  माघ १७, २०८०

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा थप तीन महिनाका लागि प्राध्यपक डा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले थप तीन महिनाको जिम्मेवारी दिने गरी भुसाललाई निमित्त उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि पनि भुसाललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको थियो । त्यसको अवधि भोली सकिँदै छ । त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त छ ।

उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरी आवेदन माग गरिसकिएको छ । ४३ जनाले आवेदन दिए पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर