ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय २३ओैँ वार्षिकोत्सव सम्पन्न

  माघ १४, २०८०

घोराही । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही–१५ भरतपुरको २३ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा भएको कार्यक्रममा विद्यालयले ६ वर्षमा एक हजार विद्यार्थी बढाउन सफल भएको प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७३ सालमा नयाँ टिम आउँदा एक सय विद्यार्थी थिए । अहिले एक हजार एक सय अध्ययनरत छन् । कार्यक्रममा अभिभावकको पनि ठूलो संख्यामा उपस्थिति थियो । हरेक विद्यार्थीको केश स्टडी गरी सिकाइ उपलब्धि हासिल नगरेका विद्यार्थीलाई विशेष कक्षा सञ्चालन गरेको छ । शेक्षिक क्यालेन्डर बनाएर कार्यान्वयन गरेको छ । अभिभावक मोटिभेसन, विद्यार्थीको बारेमा अभिभावकसँग मासिक भेला लगायत गर्दै आएको छ ।

सो अवसरमा टिचर अफ द इयर एकराज डाँगी, स्टाप अफ द इयर आया जुगरी चौधरी र गार्जेन अफ द इयर तारा पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरु सरसफाइमा उत्कृष्ट अमिस खनाल, अनुशासनमा प्रथम बन्दना पोख्रेल, अंग्रेजी भाषा प्रवद्र्धनमा उत्कृष्ट प्रशंसा टिटुङ, नियमित स्कुल उपस्थित हुने युकेश पौडेल र वर्ष उत्कृष्ट विद्यार्थी अविना पाण्डेलाई पुरस्कृत गरिएको थियो । स्कुल लेवल अनुसार पूर्व प्रावितर्फ उत्कृष्ट अंक ल्याउने आदर्शिखा आचार्य, १–४ मा समर्थ पाण्डे, ५–७ मा प्रिन्स पोख्रेल, ९–१० मा नीति शर्मा र एइइमा उत्कृष्ट अंक ल्याउने मनोज पोखे्रललाई सम्मान गरिएको थियो ।

प्याब्सन लगायत रनिङ शिल्डका विजेतालाई पनि सम्मान गरिएको थियो । विद्यार्थीले गीत, नृत्य, योग, नाटक, विज्ञान प्रदर्शनी, कला प्रदर्शनी गरेका थिए । सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि प्याव्सन दाङका सचिव आदिम केसी, विद्यालयका सञ्चालक हेमराज शर्मा, अभिभावक तारा पौडेल, विद्यार्थीहरु बन्दना पोख्रेल र साजकी ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य नारायणप्रसाद शर्माको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका कोर्डिनेटर तुलसीप्रसाद शर्माले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर