शिक्षाकाे वर्तमान अवस्था, चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला सम्पन्न

  माघ १२, २०८०

सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशले नेपालको शिक्षाक्षेत्रको वर्तमान अवस्था , चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला  मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको  छ ।

कार्यशालामा  प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले शिक्षा क्षेत्रमा अब सम्पूर्णले गम्भीर  रूपमा सोच्नुपर्ने बताएका छन । सिंहले हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्नेमा प्राज्ञिक विद्यार्थी परिषद् ले आवाज उठाउनु पर्ने बताएका थिए ।

साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका हुन ।

कार्यक्रममा  प्रा.डा विजु थपलियाले नेपालकाे  समग्र शिक्षाको वर्तमान  अवस्थाको बारेमा  कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो ।

कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति विस्तारै  खस्किदो अबस्थामा रहेको बताए । उनले दिवा खाजा , छात्रावृत्तिमा वृद्धि, शिक्षकले विद्यार्थीलाई साथित्वकाे  भावनाले शिक्षा दिनुपर्ने र शिक्षकले आफ्नो आचारसंहिता पालना गरि अगाडि  हिडेमा बढनु पर्ने कर्मचारी भन्दा शिक्षक को तलब धेरै हुनु पर्ने जस्ता विषय वताए ।

टिप्पणीकर्ता नारायण सिक्देलले पढ्दै कमाउदै शैक्षिक कार्यक्रम  जनज्योति मा.वि मा सुरुवात भएको र हाल देशभर उक्त कार्यक्रम लागू भएको कुरा बताए ।

यो देशका विद्यार्थीहरुलाई  स्याउ टिप्न लगाईयो तर जुम्लामा स्याउ लाउन सिकाएन , अबको युवाले आफ्नो कमाई खानुपर्छ बाबुको हैन यो बिषयमा अनिवार्य रूपमा लाग्नुपर्ने बताए । अबको शिक्षकले विद्यार्थीलाई कमाउन लगाउन र आफू पढ्दै कमाउदै कार्यक्रमलाई थप उचाइमा पुर्याउन अनुरोध गरेका छन ।

टिप्पणीकर्ता सुदिप ठकुरि मध्यपश्चिम विश्वविद्यालयका डिनले उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन सकिँदैन । जहाँ अभाव छ त्यहाँ समस्याहरू देखिन्छन् । यी कुराहरुमा ध्यान केन्द्रित हुनुपर्छ , देशको अर्थतन्त्र मजबुत हुदाँ देशको शिक्षामा टेवा पुर्याउने  कुरा वताउनु भयो ।

कार्यक्रममा सहभागी शिक्षकहरूले शिक्षा समाजकाे मेरूदण्ड भएकोले नि:शुल्क शिक्षा दिने विषयमा अग्रसर हुनु पर्नेमा आज पनि सबैठाउँमा प्रभावकारि रूपमा नि:शुल्क शिक्षा  नभएको, शिक्षालाई उत्पादन सँग जोडेर लैजानु पर्ने , पेशागत रूपमा लाग्नेले पनि कर्तव्य पूरा गर्नुपर्ने , पाठ्यक्रममा अभ्यासमूलक , व्यवहारमूलक बनाउन आवस्यक छ रहेकाे ।  विद्यालय खोल्दा ध्यानाकर्षण हुन र शिक्षक छनोटमा पनि ध्यान दिन आवश्यक रहेको , शिक्षक बिहिन विद्यालय पनि धेरै भएकाले त्यसका लागि काम गर्नु पर्ने , शिक्षकको काम ईन्डिकेटरमा वा तालिकामा उल्लेख गर्नु पर्ने । अबिभावक पनि सचेत  हुन पर्ने जस्ता विषयवस्तुहरू उठान गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर