प्रा.डा गिरी विश्वविद्यालय प्राज्ञिक परिषद् सदस्यमा मनोनयन

  माघ ११, २०८०

काठमाण्डौ । सम्मानीय प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिज्युबाट प्रा.डा.गितु गिरीलाई विश्वविद्यालय प्राज्ञिक परिषद्को सदस्यमा मनोनयन गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको ऐन, २०६३ को दफा १० मा व्यवस्था भएअनुसार विश्वविद्यालय प्राज्ञिक परिषद् सदस्य पदमा सोही दफाको उपदफा (३) बमोजिमको कार्यकारी परिषदेको सिफारिसमा सोही ऐनको दफा १० को उपदफा (२) को (ङ)  बमोजिम यहाँलाई सोही दफाको उपदफा (४) मा उल्लेख भएअनुसार ३ तीन वर्षको पदावधि कायम हुने गरी मनोनयन गरिएको विश्वविद्यालयको मनोनयपत्रमा उल्लेख गरिएको छ ।

प्युठान नगरपालिका वडा नं १० जन्मनु भएका प्रा.डा. गिरी हाल भैरहवामा बस्दै आउनु भएका वरिष्ठ लेखक, संस्कृतिविज्ञ प्रा..डा.गिरी यसअघि लुम्बिनी बौद्ध विश्वविद्यालयको अनुसन्धान केन्द्रको अनुसन्धान प्रमुखमा नियुक्त  भई काम गरिसक्नु भएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर