१६ औँ रास्ट्रपति रनिङ सिल्डको उपाधि सरस्वती मावि चरमटियालाई

  माघ १०, २०८०

माघ १० दाङ ।
बबई गाउँपालिका अन्तर विद्यालय स्तरीय १६ औँ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० को उपाधि सरस्वती मावि चरकमटियाले जितेको छ ।

सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा सञ्चालित प्रतियोगितामा १२ स्वर्ण,९ रजत र ६ कास्य पदक हात पार्दै सरस्वती मावि चरकमटियाले रनिङ सिल्ड जितेको हो ।
त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै सिल्ड कब्जा गरेको माबी पदमपुर १२ स्वर्ण, ७ रजत र १० कास्य पदकका साथ द्वितीय हुदा सरस्वती जनता मावि गङ्गटे ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतीय भएको आयोजक विद्यालयले जानकारी दिएको छ ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि बिधालय गरि १२ विद्यालयको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर