तुलसीपुर,१० माघ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५३ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पूर्व प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वली र घनश्याम पाण्डे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीलाई कितावी ज्ञानसँगै समाज र समुदायको पनि अध्ययन गर्न प्ररित गर्नु पर्ने बताएका थिए । आजभोलीका विद्यार्थीले वाहिरी वातावरणको बारेमा अध्ययन गर्ने वातावरण नहँुदा कितावी ज्ञान र मोवाइलमा मात्रै सीमित हँुदै गएको बताउँदै वाहिरी वातावरणको पनि अध्ययन गर्न आवश्यक रहेको बताएका हुन् । विद्यालयमा हाल दुई हजार चार सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ८२ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले प्रगति प्रवेदन र विद्यालय व्यवस्थापन समितिका सदस्य नरेश वलीले आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नु भएको थियो । विद्यालयमा ६० वटा सिसिटिभिको निगरानीमा रहेर विद्यार्थीहरुले अध्ययन अध्यापन गरिने हुनाले हरेक अविभावकलाई विद्यार्थीहरुको बारेमा बुझ्ने वातावरणको व्यवस्था भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, वडा नंबर ६ का वडाअध्यक्ष दुजमान भण्डारी, १८ वा अध्यक्ष माधव वली, बालअधिकारकर्मी नवराज लामिछाने, मानव अधिकारकर्मी शुशील बस्नेत, पत्रकार संगीत बस्याल, अमर मावि उरहरीका प्रधानाध्यापक पदम वली, विद्यार्थी राजु विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयप्रति योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।