एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

  माघ ०८, २०८०

यो वर्षको एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) यस वर्षको एसईई परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले बताए । उनले कार्यतालिकामा पहिलो हप्ता भनिएको भएपनि बिचमा होली परेका कारण विद्यार्थीको हितलाई ख्याल गर्दै चैत १५ गतेदेखि परीक्षा राखिएको बताए ।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर