परीक्षा र नतिजा समयमै गर्न नसक्दा विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा

  माघ ०३, २०८०

३ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।

मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर आकर्षित भइरहेको दाबी गरिन् । उनले अध्ययन/अध्यापन र परीक्षा, नतिजालगायत विषय सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने पनि सुझाव दिइन् । साथै पठनपाठन, परीक्षा र नतिजा प्रकाशन लगायतका विषयहरू सूचना प्रविधिको माध्यमबाट अनलाइन गरेर अघि बढ्न सके समस्या समाधान हुनेमा जोड् दिइन ।

 

तपाईंको प्रतिक्रिया

थप खबर