उपकूलपतिको कार्यालयमा तालाबन्दीपछि हर्क साम्पाङको चेतावनी-राजीनामा नदिए घिसारेर निकाल्छु

  माघ ०१, २०८०

विराटनर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन ।

बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ । बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन् । उनले आवश्यक परेका बेला म आफैं आएर खोल्ने बताए ।

मेयर साम्पाङले बीपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए ।

ताला लगाएपछि मेयर साम्पाङले कार्कीले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनीपूर्ण स्टाटस लेखेका छन ।

उनले लेखेका छन्, ‘बीपी अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’

 

तपाईंको प्रतिक्रिया

थप खबर