जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्त्रर

  माघ ०१, २०८०

 

१ माघ, घोराही । घोराही उपमहानगरपालिका वडा नं १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छात्रा अदिती केसीले जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्त्ररण गर्नुभएको छ ।

विद्यालयको पूर्व–प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्रीहरु सामुन्द्रिक जनावर, तरकारीका सेटहरु, डिजिटल रेल, रेन्वो रिङ र बुल टोयका सेटहरु केसीले विद्यालयका प्रधानाध्यापक महेश बस्नेत र पूर्व–प्राथमिक तह इन्चार्ज पुष्पा श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक महेश बस्नेतले सिर्जनशील तरिकाले जन्मदिन मनाउँदा विद्यार्थीहरुमा सामाजिक सेवाको भावना विकास हुने बताउनुभयो ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर