आज देशभर थारु समुदायको माघे संक्रान्ति पर्व मनाइँदै

  माघ ०१, २०८०

 १ माघ, राप्ती उपत्यका दाङ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व मनाइँदै छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ देखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

आजको दिनमा स्नान, जप, तप, ध्यान, साधना, दान गर्ने चलन छ । आजको दिनमा त्रिवेणी, रिडी, बेत्रावती, देवघाट, कालीगण्डकी, त्रिशूलीलगायत स्थानमा स्नान गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

आजको दिनलाई थारु समुदायले माघ अर्थात् नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यसैगरी मगर समुदायले सकरातीका रुपमा यो पर्व मनाउने गर्छन् । माघे संक्रान्ति अर्थात् माघी पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर