सुर्यबिनायक माबिको ३६ औं बार्षिकोत्सब

  पुष २८, २०८०

लमही, २८ पुस । लमही नगरपालिका वडा नं. १ मा रहेको सुर्यबिनायक माबिको ३६ औं बार्षिकोत्सब समारोह शुक्रबार लमही १ नर्तिमा संम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिता खनालको अध्यक्षतामा भएको बार्षिकोत्सवको उद्घाटन लमही नगरपालिकाका मेयर जोगराज चौधरीले गर्नु भएको थियो । कार्यक्रम सम्बोधन गर्दै चौधरीले लमहीलाई शैक्षिक हबको रुपमा बिकाश गरेर जाने योजनामा आफु रहेको बताउनुभयो । उहाँले बिद्यालय लागि छ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा लमही १ का वडा अध्यक्ष दामोदर पौडेल, ५ का वडा अध्यक्ष ओम प्रकाश सुबेदी, सल्लाहकार बसन्त पौडेल, तपसी चौधरी, खिम बहादुर शाह माबिका प्र अ गिरिराज न्यौपाने, अभिभावक ज्ञानहरि रिजाल, बकेन सामुदायिक बनका अध्यक्ष घनिराम चौधरी, बिद्यार्थी रोहन चौधरी, पत्रकार श्रवण बस्नेत लगायतले बोल्नु भएको थियो । समारोहमा बर्ष उत्कृष्ट शिक्षक निबर्तमान प्र अ बिष्णु पौडेललाई कदरपत्र सहित सम्मान गरिएको थियो । २०४५ सालमा स्थापना भएको बिद्यालयमा पाँच सय बढी विद्यार्थीहरु रहेका छन् । कार्यक्रम संचालन शिक्षकद्वय कमला सुबेदी र मोहन घिमिरेले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर