भालुवाङ स्थित राप्ती नदीमा यात्रुबाहक बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

  पुष २८, २०८०

ओमप्रकाश गुप्ता/सन्तोषकुमार गुप्ता

नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रवार राति दाङ देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खसेको छ । दुर्घटनामा पुगेको मृतकको संख्या १२ छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे तिर दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिनुुभयो । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको छ । यस अघि ५ जनाको शव निकालिएको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

हिले २३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ बढी यात्रु सवार रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट र स्वास्थ्यकर्मीहरु प्रारम्भिक उपचारमा खटिएका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर