लायन्सले मेल्वनको सँझना गर्न

  पुष २७, २०८०

२७ पुस । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्वन जोन्सको सँझनामा घोराही क्षेत्रका लायन्स क्लवहरुले विभिन्न स्थानमा खाद्यान्न सामग्री वितरण गर्ने भएका छन् । लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं. २ अन्तरगतका विभिन्न क्लवले आज शनिबार दुई स्थानमा पुगेर खाद्यान्न सामग्री वितरण गर्ने भएका हुन् । एरिया चिफ डा. भिमसेन गिरीका अनुसार घोराही १० मा रहेको मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी मानव र घोराही ७ मा रहेको श्री माता पवित्रादेवी साङ्गदेव संस्कृत विद्यालय गुरुकुलमा र विद्यार्थीहरुलाई खाद्यान्न सामग्री वितरण गरिनेछ । लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राप्ती अम्विकेश्वरी, लायन्स क्लव दाङ भ्याली, लायन्स क्लव राज विद्या र लायन्स क्लव नारायणपुरले सहयोग हस्तान्तरण गर्ने योजना रहेको डा. गिरीले जानकारी दिनुभयो । मेल्वन जोन्सको १४५ औं जन्म जयन्तीका अवसरमा रचनात्मक कार्यक्रम गर्ने क्रममा खाद्यान्न सामग्री हस्तान्तरणको कार्यक्रम गर्न थालिएको बताइएको छ । सोही कार्यक्रम सफल पार्न शुक्रबार घोराहीमा बसेको बैठकमा डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारी, डिष्ट्रिक एक्जुकेटिभ को चिफ युवराज थपलिया, एरिया चिफ डा.भीमसेन  गिरी, एरिया कोषाध्यक्ष रेशम गिरी, जोन चियरपर्शन पृथ्वी कुवर लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर