राप्तीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी छलफल सम्पन्न

  पुष २७, २०८०

तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी बिहीबार कार्यपालिकाकाे बैठकमा छलफल गरिएको छ।

वर्ष भरि गरिएका विभिन्न दस वटा विषयमा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)काे बारेमा बैठकमा छलफल गरिएको हाे।

बैठकमा गाउँपालिकाले वर्षभरि प्रदान गरेको सेवा तथा कार्य प्रक्रिया, योजना अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्वय लगायतका विषयमा तयारी पारिएको स्वमूल्याङ्कन तथ्याङमा छलफल गरिएको हाे।

त्यस्तै बैठकमा वित्तीय सुशासन जाेखिम मूल्यांकन (FRA) सम्बन्धि तयार पारिएको तथ्यांकमा समेत छलफल गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर