रुसी सेनामा कार्यरत प्यूठानका एक युवकको मृत्यु

  पुष २७, २०८०

केशर सुनार
प्युठान ।रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा परि मृत्यु भएको हो।प्युठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको मृत्युको खबरले सिंगो प्युठानवासी मर्माहत भएको बताए।मेयर योगीले भोलि उनको घरमै गएर अभिभावकलाई भेटी थप जानकार रहने जनाए।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको छिमेकी खगेश्वर थापाले बताए । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताए ।

खगेश्वरका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएर रुसी सेनामा भर्ति भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर