छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सुरू

  पुष २६, २०८०

भालुवाङ २५ पुस । देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार देखि ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सुरू भएको छ ।

‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सुरू भएको हो । संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री सरोज थापा (रोज राना) को प्रमुख आतिथ्यतामा महोत्सव सुरू भएको हो । महोत्सवलाई मन्त्री थापाले गरेका छन् । महोत्सव उद्घाटन गर्दै मन्त्री थापाले महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यापर्यटनको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए । त्यस्तै उनले आफू मन्त्री भएपछि पहिलो काम यातायात क्षेत्रमा देखिएको विकृति रोक्ने बताएका छन् । यातायात क्षेत्रमा थुप्रै समस्या छन् त्यसको समाधान आफुले गर्ने बताए । त्यस्तै लाइसेन्स लिन पनि संघिय सरकार बाधक बनेकोले अब लाइसेन्स बनाउने काम प्रदेश सरकार मातहतमा ल्याउन पहल गर्ने उनले बताएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको महोत्सव उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारू, संविधान सभा सदस्य रेश्मीराज नेपाली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेपाली कांग्रेसका दोर्ण भुसाल, नेकपा एमालेका नेता धर्मराज अधिकारी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका सचिव बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका सभापति दोर्ण जिसी, नेकपा एकिकृत समाजवादीका मुकुन्द रोका, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शम्शेर मिया, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, लुम्बिनी प्रदेश जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न जातजाती तथा समुदायको २ दर्जन बढी झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए ।

महोत्सवमा हाल १ सय वटा स्टलहरु निर्माण भएका छन् । महोत्सवमा २० वटा स्टलमा कृषि, हस्तकला र स्वास्थ्यको स्टल रहेका छन् । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिने भएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका छन् । विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने छ संघले जनाएको छ ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर राप्ती स्लो डान्स आइडल हुने छ । जसमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको संयोजक खड्काले जानकारी दिए ।

पुस २७ गते चर्चित गायक तथा मोडेल संदिप न्यौपाने लगायतका कलाकार आउँदै
देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार देखि सुरु भएको ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा पुस २७ गते चर्चित गायक तथा मोडेल संदिप न्यौपाने, गायिका अनु राना मगर लगायतका कलाकार आउन लागेको महोत्सवका व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर