राजपुरमा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

  पुष २६, २०८०

देउखुरी २६ पुस ।दाङको राजपुर गाउँपालिकामा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । बुधबार “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूलनाराका साथ पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।

गाउँपालिकाका प्रमुख शरद कुमार बुढाथोकीको अध्यक्षता एवम लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आर्थित्यता एवम गाउँपालिकाका उपाध्यक्ष धनपती देबि यादबको विशिष्ट आतिथ्यता लगायत सरोकार वालाहरुको सहभागितामा खाङ्रा नाकामा  दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनेतिक सल्लाहकार जानकीलाल बस्नेतले शिक्षा अक्षर बाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलाप बाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भबिस्य उज्ज्वल हुने बताए ।

गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै राजपुरका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताए ।

तेस्तै गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले खेलको विकासमा पालिका चनाखो रहेको बताइन् । खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न उनको आग्रह छ ।

प्रतियोगिताको उद्दघाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको उनले बताए । यही पौष २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका १० वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने खेल प्रशिक्षक केशब श्रेष्ठले बताए  ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यालयहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट छनोट भएका विद्यालयहरुलाई १४औँ  जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराइने बताइएको छ ।

यसअघि जिल्लाको घोराही उपमहानगर पालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भैसकेको छ ।

दाङ जिल्ला खेलकुद विकास समितिले माघको १० गते सम्म यहाँका सबै पालिकालाई पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । सोही अनुसार यहाँका स्थानीय तहहरूले अहिले पालिकास्तरीय प्रतियोगिता आयोजना गरिरहेका छन । स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद  विकास समिति दाङले बताएको छ  । वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरेश यादबले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर