डिप्लोमा, प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक

  पुष २५, २०८०

२५ पौष, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

गत मंसिर १८ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आंशिक परीक्षा तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा माघ २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुनेछ ।

साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम तथा लोपोन्मुख जाति) अन्तर्गत डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालीका विभिन्न कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका नियमित /आंशिक परीक्षाहरू समेत सोही तालिकामा उल्लिखित मिति र समयमा सञ्चालन हुने समेत जनाएको छ ।

परीक्षा तालिका सम्बन्धी विस्तृत सूचना https://itms.ctevt.org.np:5580/ मा हेर्न सकिने छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर