घोराहीमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनबारे सचेतना

  पुष २५, २०८०

घोराही । घोराही- १४ मा वातावरण संरक्षण तथा जलवायु परिवर्तनबारे एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा मंगलबार घोराही १४ का टोल विकास संस्थाका अध्यक्ष तथा वन समुहका पदाधिकारीहरुलाई सचेतना प्रदान गरिएको हो ।

घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षता एक औपचारिक कार्यक्रम गरेर सचेतना दिन सुरु गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई शाखा प्रमुख सुनिलकुमार शर्माले जलवायु परिवर्तन, अधिकृत मदनकुमार वलीले वातावरण संरक्षण र शाखाका बन फोकल पर्शन बन प्राविधिक दीक्षा वस्नेतले जैविक विविधताका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बलमन्दिरदेखी पार्कहुदै आर्मी व्यारेक सम्म फुलजन्य बिरुवा रोप्नका लागि सुझाव दिन समेत आग्रह गरिएको थियो । वडा सदस्य रचना कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरु पुष्पा रावत, टिकाकुमार श्रेष्ठ र वडा सचिव तिलकराम डिसीको सहभागिता रहेको थियो । संरक्षण तथा जलवायू परिवर्तनबारे सचेतना कार्यक्रम यसपछि घोराही ४ मा वडा स्तरिय र ५ मा नगरस्तरीय गर्ने तयारी भएको शाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर