अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : अल्फा दाङको सानदार प्रदर्शन

  पुष २४, २०८०

२४ पुस, दाङ । भारतको कोलकत्तामा यही जनवरी ६ र ७ गते सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दाङको अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट सफलता हासिल गरेको छ ।

कृष्णपुर तेक्वान्दो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा नेपाल,भारत,बंगलादेश तथा भुटानका गरी करीब ५ सय खेलाडीको सहभागिता रहेको थियो । भारतको कोलकत्तामा सम्पन्न प्रतियोगितामा पुरुष स्वोत्कृष्ट फाइटर अल्फका विरेन्द्र डाँगीसहित रिमोट झाक्रि,कमल क्षेत्री,कृष्ण मगर,रोजित खड्का,युवराज वली र सागर चौधरी गरी कुल ७ स्वर्ण,टाइसन विष्ट रजत तथा सौरभ परियारले काष्य पदक हासिल गर्न सफल भएका छन् ।

मुख्य प्रशिक्षक सुनिता विष्टका अनुसार नेतृत्व गरेको टोलीले तेक्वान्दोमा निरन्तर सफलता पाइरहेको छ । प्रशिक्षक बिष्टले विभिन्न चुनौतिका बाबजुद आफ्ना खेलाडीहरुबाट प्राप्तहुने यस्ता सफलता र उपलब्धीले सबै दु:ख बिर्सियर अझ अगाडि बड्न प्रेरणा मिल्ने समेत बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर