राप्ती इञ्जिनियरिङमा बिई कम्प्युटर नयाँ थप कार्यक्रम संचालन गर्नस्वीकृति प्रदान

  पुष ०८, २०८०

राप्ती इञ्जिनियरिङमा समूह थपको अनुमती घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजले विषय थपको अनुमति पाएको छ । पोखरा विश्व विद्यालय अन्तरगत बिसिए लगायत विभिन्न विषयहरु अध्यापन गराइरहेको राप्ती इञ्जिनियरिङले वि इ सिभिल तर्फ समूह थपको अनुमती पाएको हो । पोखरा विश्व विद्यालयबाट सम्वन्धन प्राप्त राप्ती इञ्जिनियरिङ कलेजले व्याचलर अफ् सिभिल इञ्जिनियरिङ तर्फ वि इ सिभिलको समुह थपको अनुमती पाएको हो । कलेजले समूह थपको लागि दिएको निवेदन अनुसार पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय) शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ र सो सम्बन्धी कार्यविधि २०६६ ले व्यवस्था गरेका सबै प्रक्रिया सम्पन्न भएकोले विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय अनुसार राप्ती इञ्जिनियरिङ कलेजलाई बिई सिभिल कार्यक्रममा एक समूह (४८ जना ) थप विद्यार्थी भर्ना लिने गरि सम्बन्धन दिईएको छ । गएको मंसिर २२ गतेका दिन भएको निर्णय अनुसार विइ सिभिलमा यस अघि ४८ जनाको मात्रै क्षमता रहेकोमा अव सो संख्या ९६ पुगेको छ । नेपाल इञ्जिनियरिङ परिषदका रजिष्टार ई.शिव मंगल गिरीका अनुसार बि.ई. सिभिलमा साविकको ४८ जना विद्यार्थी भर्ना क्षमतामा ४८ जना थप गरी ९६ जना पुयाउन र परिषद्को ऐन, २०५५ (पहिलो संसोधन २०७९ सहित) को दफा २१क (३) तथा इन्जिनियरिङ्ग शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संसोधन, २०७० सहित) को विनियम ३.३ (२) अनुसार वि.इ.कम्प्युटर विषयमा ४८ जना विद्यार्थी भर्ना क्षमता सहित नयाँ थप कार्यक्रम संचालन गर्न स्वीकृति प्रदान गरिएको छ । योजना तथा कार्यक्रम महाशाखाका प्रमुख प्रा.डा. दीपक राज पौडेलले राप्ती इञ्जिनियरिङ कलेजलाई थप भर्ना लिने गरी सम्वन्धन दिइएको जानकारी दिनुभयो । सो को जानकारी डीनको कार्यालय, विज्ञान तथा प्रविधि संकाय, पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, पोखरा विश्वविद्यालय, लेखा शाखा, पोखरा विश्वविद्यालय, छात्रवृत्ति शाखा, पोखरा विश्वविद्यालय र सूचना शाखा, पोखरा विश्वविद्यालयलाई गराइसकिएको पौडेलले जानकारी दिनुभयो । यसैगरी कलेजले व्याचलर अफ् कम्प्युटर इञ्जिनियरिङ थप नयाँ कार्यक्रम  लागि अनुमति पाएको छ । कलेजले दिएको निवेदनमा आवश्यक छानविन गरी पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय) शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ र सो सम्बन्धी कार्यविधि २०६६ से व्यवस्था गरेका सबै प्रक्रिया सम्पन्न भएकाले विश्वविद्यालयको कार्यकारी परिषदले वि इ कम्प्यटुर कार्यक्रममा एक समूह (४८ जना विद्यार्थी भर्ना लिने गरि सम्बन्धन दिईएको छ । योजना महाशाखा प्रमुख पौडेलले कलेजलाई सो सम्वन्धी जानकारी गराएको कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार सम्वन्धन संगै कलेज विद्यार्थी भर्नाको चरणमा रहेको छ ।

२०६४ सालमा स्थापना भएको राप्ती इञ्जिनियरिङ कलेजले गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय उच्च शिक्षाको बढ्दो आवश्यकतालाई पूरा गर्न समर्पित, प्राविधिक, शैक्षिक ईन्जिनियरिङ् र आईटी पेशेवरहरूको समूहद्वारा २०६४ सालमा स्थापना भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर