बालबिबाह न्यूनीकरण सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

  पुष ०५, २०८०

४ षौष, प्युठान । बालबिबाह न्यूनीकरण सम्बन्धि चेतनामूलक कार्यक्रम माण्डवी गाउँपालिका-४उदयपुरकोटमा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’को प्रमुख अतिथि रहेको कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कलाथोकी,जिल्ला न्यायाधीबक्ता कर्ण बहादुर बुढा क्षेत्री,प्युठान प्रहरी प्रमुख इश्वर थापा लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष डिल बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य बालाराम खत्रीले गर्नु भएको थियो । गाउँपालिका महिला वालबिकास शाखा प्रमुख सीता गौतमको सन्चालनमा भएको कार्यक्रममा जनप्रतिनिधि,स्थानीय जनताहरु,शिक्षक,विद्यार्थी,कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले सबैको सहयोग र सहकार्यमा बालबिबाहा अन्त्य गर्नुपर्ने र अभिभावकहरुले आफ्ना सन्ततिहरु प्रती जिम्मेवार भइ बालबिबाह अन्त्य गर्ने लाग्नुपर्ने बताउनु भयो। उपाध्यक्ष कालाथोकीले सामाजिक रुपमा सबै सजग भइ बालबिबाहा अन्त्य गर्ने लाग्नुपर्ने बताउनु भयो। न्यायधिबक्ता बुढा क्षेत्रीले बालबिबाहा सम्बन्धी कानुनी ब्यवस्था बारेमा जानकारी गराउनु भएको थियो भने प्रहरी प्रमुख थापाले बालविवाहले समाज र ब्यक्तिमा पारेको असर र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा बताउनु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर