दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरू

  मङि्सर ३०, २०८०

२९ मङ्सिर, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काे आयाेजनामा दाेस्राे अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएकाे छ ।

प्याब्सनकाे आयाेजनामा आजदेखि सुरू भएकाे सम्मेलन आज र भाेलिसम्म सञ्चालन हुने भएकाे छ ।

कक्षाकाेठा सुधार, नेतृत्व विकास र शैक्षिक रणनीति लगायतमा विषयमा सम्मेलन केन्द्रित रहने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए ।

`अब शैक्षिक रणनीति परिवर्तन गर्न आवश्यक रहेकाे छ । अहिले वर्षेनी लाखौं विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । याे सम्मेलनकाे मुख्य उद्देश्य लाखौं विद्यार्थी वर्षेनी अध्ययनका लागि कसरी नेपाल भित्र्याउन सकिन्छ भन्ने रहेकाे छ ।´ अध्यक्ष ढुङ्गानाले बताए ।

सम्मेलनका संयाेजक मेदिन लामिछाने विद्यालयकाे नेतृत्व र कक्षाकोठाबिचकाे दूरी घटाउन आवश्यक रहेकाे बताए ।

सम्मेलनमा दुईदिनसम्म १७ वटा सेसन सञ्चालन हुने छन् ।

कार्यक्रमकाे उद्घाटन सत्रकाे सहजीकरण प्याब्सनका महासचिव आर बि कटुवालले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर