काठमाडौं विश्वविद्यालयबाट नयाँ विषयमा १८ विद्यार्थी दीक्षित

  मङि्सर २७, २०८०

२७ मंसिर, काभ्रे । काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ, स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक र स्कुल अफ एजुकेसन अन्तर्गत् माष्टर इन हायर एजुकेसनमा नौ जनालाई उपाधिको प्रमाणपत्र दिइएको थियो । काठमाडौँ विश्वविद्यालयको आजको दिक्षान्त समारोहमा दिक्षित गरिएको हो ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९ औँ दीक्षान्त समारोहमा एक हजार आठ सय ३८ विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे । दीक्षित हुनेमा पिएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुईजना गरी १८ जना रहेका छन् ।

त्यस्तै, एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताइन् ।

यसैबीच समारोहमा विश्व विद्यालयले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अंक ८४ दशमलव २६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो ।

त्यस्तै, एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव ८९ सिजिपिए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबिएमा तीन दशमलव ७८ सिजिपिए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अंकित सुवेदी, एमबिबिएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अंक ८० दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव ९७ सिजिपिए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर