२४ मंसिर, इटहरी । इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी थप्न दिवा खाजा कार्यक्रम सुरु गरेको छ ।
संघ सरकारबाट सामुदायिक विद्यालयमा बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने भए पनि उपमहनगरले ६ कक्षासम्मका विद्यार्थीको लागि यो कार्यक्रम सुरु गरेको हो ।
चालु आर्थिक वर्षका लागि साढे ३ करोड रुपैयाँ दिवा खाजा कार्यक्रमका लागि छुट्याएको उपमहानगरले आइतबार इटहरीको राष्ट्रिय उच्च माविबाट यो कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेका बेला ६ कक्षासम्म दिवा खाजा दिँदा भर्नादर बढ्ने, बीचैमा विद्यालय छाड्ने दर घट्ने र सिकाइ उपलब्धि बढ्ने विश्वास गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।