बंगलाचुली लेकमा भैलो महोत्सव सम्पन्न ।

  मङि्सर ०८, २०८०

बंगलाचुली, दाङ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ आज दाङ बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा भैलो महोत्सव २०८० सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सी. को स्वागत मन्तब्य बाट सुरु भएको भैलो महोत्सव अध्यक्ष तुलसीराम पुन मगर (सुवास) को अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्मा, विशिष्ट अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, अतिथिहरुमा ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, लोक संकृती विध दुर्गा रायमाझि, चन्द्र शर्मा, कमल गाउँले लगाएतको उपस्थिती रहेको थियो । बंगलाचुली गाउँपालिका द्धारा आयोजित भैलो महोत्सवको उत्घाटन प्रमुख अतिथि संचार मन्त्री रेखा शर्माले गर्नु भएको थियो ।

मौलिक लोक कला संकृतिको जगेर्ना र प्रचार प्रसार गर्ने तथा प्रर्यटन प्रबद्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको भैलो महोत्समा गाउँपालिका अन्तर्गतका सबै वडाहरु बाट गरी जम्मा १६ वटा भैलो समूहको सहभागिता रहेको थियो । महोत्सवमा भैलो नाच प्रदर्शन गरेवापत प्रत्येक भैलो समूहलाई प्रोत्साहन स्वरुप नगत रु १० हजार गाउँपालिका बाट र प्रमुख अतिथि तथा विशिष्ट अतिथि मार्फत संयुक्त रु ६ हजार गरी जम्मा रु १६ हजार प्रदान गरिएको थियो भने वडा नं. ५ को साकिने भैलो समूहलाई उत्कृष्ट भैलो नाच प्रदर्शन गरेवापत थप रु १५ हजार रुपैया प्रदान गरिएको भैलो नाच मूल्यांकन समिति संयोजक दुर्गा रायमाझीले बताउनु भयो ।

हास्य कलाकार कमल गाउँलेको संचालन रहेको भैलो महोत्सवमा बोल्ने बक्ताहरुले दाङको एकमात्र पहाडी क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको र प्रर्यटनका दृष्टिले धेरै सम्भावना बोकेको पालिका रहेकोले स्थानिय कला, संस्कार संकृतिको संरक्षण र पर्यटकिय स्थलहरुको व्यवस्थापनमा जोड दिनु पर्ने बताएका थिए । बंगलाचुली गाउँपालिकामा बंगलाचुली लेक, धिमधिमे लेक, गढी लेक, उझा देवि भगवती मन्दिर, रानी थुम्की लागाउत धेरै पर्यटकिय स्थल तथा धार्मिक स्थलहरु रहेको र ति स्थलहरुमा गुरुयोजना बनाई भौतिक संम्रचना निर्माण, उचित व्यवस्थापन र पालैपालो सबै स्थानहरुमा यस्तै मेला महोत्सव मार्फत स्थानिय कला संस्कृतिको संरक्षण तथा प्रचार प्रसार गरि पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिने पालिका अध्यक्ष तुलसीराम पुन मगरले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया

थप खबर