निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने

  मङि्सर ०६, २०८०

६ मंसिर, धनगढी । नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई धनगढी उपमहानगरपालिकाले नगर शिक्षक बनाउने भएको छ । नगर कार्यपालिकाको बैठकले विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको हो ।

उपमहानगरपालिकाबाटै निजी स्रोतमा राखेका शिक्षकलाई सेवा, सुविधा व्यहोर्ने गरी आवश्यकताका आधारमा नगर शिक्षक बनाउने उपमहानगरपालिकाले निर्णय गरेको छ ।

निजी स्रोतमा कार्यरत सबै शिक्षक नगर शिक्षक नहुँने तर, स्रोत, साधन भएका विद्यालयको हकमा सम्बन्धित विद्यालयले नै शिक्षकको सेवासुविधा ब्यहोर्ने र अवस्था कमजोर भएका विद्यालयमा कार्यरत शिक्षकलाई भने नगरपालिकाले सेवासुविधा उपलब्ध गराउने भएको छ ।

निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउनेगरी नीतिगत निर्णय भए पनि अब मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउने छ । धनगढी उपमहानगरपालिकामा अहिले एक सय ५९ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर