लायन्स क्लव प्युठान र लायन्स क्लव भित्रीकोटबीच मैत्रीपूर्ण फुटबल

  कार्तिक २५, २०८०

२५ कार्तिक प्युठान । शुभदीपावलीको पावन अवसरमा लायन्स क्लव अफ प्युठान र लायन्स क्लव अफ भित्रीकोटबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा लायन्स क्लब अफ प्युठान विजयी भएको छ ।
प्युठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शनिबार भएको खेलमा प्रमुख अतिथिको रुपमा बोल्दै लायन्स क्लव इन्टरनेशल ३२५ एन का डिस्टिक गर्भनर लायन मुकुट ढकालले सामाजिक सेवाको क्षेत्रमा समर्पित लायन्स क्लव अफ प्युठान र लायन्स क्लव अफ भित्रीकोटबीच भएको मैत्रीपूर्ण खेलले उद्घाटन गदै दुई क्लवबीच सुमधुर सम्बन्ध स्थापित गराउन सहयोग पुग्ने बताउनु भयो । उहाँले यस्तो प्रकार मैत्रीपूर्ण खेल लायन्स क्लवको सम्भवतः पहिलो चोटी भएको बताउनुभयो । कार्यक्रममा एरिया नं २ का एरिया चिफ डा.भीमसेन गिरी, डिस्टिक कोचिफ लायन युवराज थपलिया जोन चियर पर्सन लायन अर्जुन कमार कक्षपति, डिस्टिक डिपारमेन्ट चिफ लायन लोक बहादर बस्नेतको सहभागिता रहेको थियो । लायन्स क्लव अफ भित्रीकोट का अध्यक्ष लायन खिम प्रसाद पार्देको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षतामा लायन्स क्लव अफप्युठान का अध्यक्ष लायन झविन्द शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ प्युठानका सचिव नवीन कुमार श्रेष्ठले गर्नु भएको थियो । खेलकुदको लागि आवश्यक जर्सीको सौजन्य लायन बालाजु श्रेष्ठले गर्नुभएको भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर