एसईईको परीक्षा आवेदन फाराम खुल्यो

  कार्तिक २४, २०८०

२४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुने विद्यार्थीका लागि परीक्षा आवेदन फाराम भर्न खुला गरेको छ । शैक्षिक सत्र २०८० मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुका लागि परीक्षा आवेदन फाराम खुल्ला गरिएको छ ।

माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेतले २०८० कार्तिक २४ गतेदेखि २०८० मंसिर मसान्त भित्र परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।

साथै प्रति परीक्षार्थी परीक्षा दस्तुर पाँच सय र सो मिति भित्र रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरुले पौष ०१ गतेदेखि १५ गते भित्र विलम्ब शुल्क प्रति विद्यार्थी एक हजार सहित आवेदन फाराम भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

https://see.gov.np/

तपाईंको प्रतिक्रिया

थप खबर