कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित

  कार्तिक २३, २०८०

२३ कार्तिक/ काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक)  परीक्षाको परीक्षाफल प्रकाशित गरिएको जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा जम्मा एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले सहभागि भएकोमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन भने १५ विद्यार्थीको परीक्षा रद्द गरिएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर