आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक

  कार्तिक २२, २०८०

काठमाडौं /२२ कार्तिक – इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (बी.ई/बी.आर्क) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १४ देखि कात्तिक २० सम्म सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ९ हजार ९ सय १ जनाले भौचर भरेपनि ९ हजार ७ सय ७१ जना मात्र सहभागी भएका थिए । उनीहरूमध्ये ६ हजार ७ सय २१ प्रवेश परीक्षामा उत्तीर्ण भएको आईओई प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्यले बताए ।

https://ioe.tu.edu.np/

 

तपाईंको प्रतिक्रिया

थप खबर